आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८२१ परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार कोरोनाको संक्रमणबाट १८ जनामुक्त भएका छन् भने २१७ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us