काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेको महंगीको धेरै कारणमध्य आयातगरिएको कडाई एक प्रमुख कारण रहेको बताउनु भएको छ ।
संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको निर्वाचनको समयमा बढ्दो मुल्यबृद्धि तथा बजार अनुगमन बिषयक सचेतनामुलक कार्यक्रममा प्रजिअ रिजालले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले अनुगमनलेमात्र मुल्य बृद्धि नियन्त्रण नहुने जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो अनुगमनले मात्र कुनै बस्तु तथा सेवाको बास्तविक मुल्यबारे जानकारी नहुने हुदा मुल्य निर्धारण प्रणालीको बिकाश अहिलेको मुख्य आबश्यक्ता रहेको जिकिर गर्नु भयो । उहाँले थप्नुभयो “मुल्यबृद्धि भएको हो होईन भन्नेवारे जानकारीको लागी समेत अहिले मुल्य निर्धारण प्रणाली अत्यन्त आवश्यक भै सकेको छ । ”
साथै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले साप्ताहिक रुपमा दुईवटा अनुगमन भैरहेको जानकारी दिनुभयो ।
उहाँले रसिया र युक्रेनको युद्ध तर्फ संकेत गर्दै अहिलेको बजार अन्तराष्ट्रिय घटना परिघटनाबाट प्रभावित रहेको बताउनु भयो । उहाँले नेपालको सन्द्रभमा नेपालमा दक्षिण एसियाकै महंगो ढुवानी भएको तथा हालको इन्धनको बढदो मुल्यले समेत बजारको मुल्यबृद्धिमा थप बल थपेको बताउनुभयो ।
उहाँले बजार अनुगमनको सन्द्रभमा जिल्ला प्रशासन कार्यलयले गर्नुपर्ने काम गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन बाणिज्य बिभागले भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
साथै कार्यक्रममा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि बस्तु तथा सेवगाको मुल्य बृद्धिमा बिभिन्न पक्षको भुमिका रहने उल्लेख गर्दै बिश्वका कुनैपनि संयन्त्रले मुल्यबृद्धि रोक्न नस्कने बताउनु भयो ।
उहाँले बाणिज्य बिभागसँग मुल्यबृद्धि रोक्ने कुनै अधिकार नभएको कुरा प्रष्ट पार्नुभयो । उहाँले बाणिज्य बिभागको कार्य बजार अनुगमन तथा बजारमा सुब्यबस्था कायम गराउने मात्र रहेको उल्लेख गर्दै उक्त कार्यमा बिभाग क्रियाशिल रहेको जानकारी गराउनुभयो ।
उहाँले अहिलेको मुल्यबृद्धि रुस युक्रेन युद्धका कारण श्रृजना भएको आर्यात लागतको बृद्धि भएको बताउनु भयो । नेपालको अर्थ ब्यबस्था आयातआधारित अर्थब्यबस्था भएको हुदा इन्धन मुल्य र आर्यात लागतनै अहिलेको मुल्यबृद्धिको मुख्य कारक रहेको उहाँको तर्क थियो ।