अन्यायको हिसाब बाँकी छ, समय आएपछि सबै बोल्छु : रवि लामिछाने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफूमाथि भएको अन्यायको हिसाब अझै बाँकी रहेको भन्दै अहिले बोल्ने समय नआएको बताएका छन्।

शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने, “अहिले बोल्ने समय होइन। अन्यायको हिसाब मिलान भएपछि धेरै कुरा बोल्नेछु।”

उच्च अदालत बुटवलले बिहीबार बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार रुपन्देही पुगेका थिए। प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका हुन्।

अदालतको आदेशअनुसार लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएका छन्।

उनले आफू न्यायिक प्रक्रियामा विश्वास राख्ने स्पष्ट पार्दै उचित समयमा सत्य बाहिर ल्याउने संकेतसमेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *