टी–२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

विश्वकप तयारीलाई तीव्रता दिन क्यानले बन्द प्रशिक्षण (क्याम्प) सञ्चालन गर्न लागेको हो।

घोषित टोलीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।
त्यसैगरी, आदिल अन्सारी, ईशान पाण्डे, शेर मल्ल र रुपेश के सिंहजस्ता उदाउँदा खेलाडीहरूलाई पनि अवसर दिइएको छ।

क्यानको यस कदमलाई दीर्घकालीन तयारी र टोलीको गहिराइ बढाउने रणनीतिका रूपमा हेरिएको छ।

बन्द प्रशिक्षणमार्फत खेलाडीहरूको फिटनेस, समन्वय र खेल कौशलमा सुधार गर्ने क्यानको लक्ष्य रहेको छ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरू:

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश के सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *