आईजीपी नियुक्ति सम्बन्धी रिट निवेदन माथि आज पनि सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादबारे दर्ता भएको रिट निवेदन माथि विहीबार पनि सुनुवाइ हुने भएको छ । 

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुरु भएको सुनुवाई नसकिए पछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यो मुद्दामा अब विहीबार पनि सुनुवाइ हुने भएको हो । यहि वैशाख १८ मा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दिनु भएको थियो ।

उहाँले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको भन्दै आईजीपी नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गर्नु भएको थियो । सो रिटमा बुधबार पोखरेल पक्षका कानुन व्यवसायीले बहस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us