पूर्व प्रधानमन्त्री खनालद्वारा तमु ल्होसार तथा म्हैप्प्रु नकुमा पर्वको शुभकामना

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गुरुङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व तमु ल्होसार र दुरा जातिको मौलिक पहिचान बोकेको पर्व म्हैप्प्रु नकुमा २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत नेता खनालले यी पर्वहरूले सबै नेपालीको जीवनमा सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गरेका छन्। उनले नेपालीहरूले आ–आफ्नो मौलिक पहिचान, संस्कृति र परम्पराअनुसार मनाउने यस्ता महत्वपूर्ण पर्वहरूले समाजमा आपसी सद्भाव, सहिष्णुता, सहकार्य, भातृत्व र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

नेता खनालले विविध जाति, भाषा र संस्कृतिले भरिपूर्ण नेपाली समाजलाई एकताबद्ध गर्दै यस्ता पर्वहरूले सबैलाई सामाजिक न्याय, समानता र समृद्धिमा आधारित समाजवादको बाटोमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *