माघी–माघे संक्रान्ति सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीक हो : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले माघे संक्रान्ति तथा माघी पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै नेता खनालले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिलाई संरक्षण गर्दै आएकाे बताए ।

उनले माघे संक्रान्ति तथा माघी पर्व हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजातिका समुदायले आ-आफ्ना मौलिक रीतिरिवाज र परम्पराअनुसार मनाउँदै आएको साझा राष्ट्रिय पर्व भएको उल्लेख गरे ।

खनालका अनुसार माघे संक्रान्ति तथा माघी पर्व उधौंली र उभौंलीको सीमाका रूपमा पनि रहेको छ, जसले प्रकृति, समयचक्र र मानव जीवनबीचको सम्बन्धलाई उजागर गर्दछ ।

यस्ता पर्वहरूले नेपाली समाजमा परम्परागत मौलिक संस्कृतिको संरक्षण हुनुका साथै आपसी भाइचारा, पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *