काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।
बिहीबार विप्लव र ढुङ्गानाबिच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । उनीहरुबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी सङ्घर्ष गर्ने लगालयतका विषयमा कार्यगत एकता भएको हो ।
यस्तो छ ४ बुँदे सहमति
१.सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी सङ्घर्ष गर्ने
२.जेनजी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने
३.आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संशोधन र स्थिर सरकार गठन गर्ने
४.भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी सङ्घर्ष गर्ने
