तोलामा १४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। आज साताको पाँचौं दिन बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । जसअनुसार १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us