कति पुग्यो डलरको भाउ ? हेर्नुहोस् ताजा जानकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले म‌ंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २० पैसा र बिक्रीदर १२२ रुपैयाँ ८० पैसा रहेको छ। यस्तै ,युरो एकको खरिद दर १३४ रुपैयाँ १० पैसा र बिक्री दर १३४ रुपैयाँ ७६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ४१ पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा रहेको छ। यस्तै स्वीस फ्रान्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।कुवेती दिनार एकको खरिद दर ४०१ रुपैयाँ ७२ पैसा र बिक्री दर ४०३ रुपैयाँ ७० पैसा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us