आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन विजयी हुन्छ: पुष्पकमल दाहाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गर्नुभएको छ ।

भरतपुर विमानस्थलमा आज(बिहीवार) सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले गठबन्धन आफ्नो काममा एकतावद्ध भएर अघि बढेको छ भन्नुभयो ।

अध्यक्ष दाहालले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताउनुभयो । चुनाव जित्न गठबन्धनलाई समस्या नहुने दाहालकाे भनाइ छ ।

उहाँले भन्नुभयो, “निर्वाचन जित्न असहज छैन ।” भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु दाहाल प्रमुख पदको उम्मेदवार हुनुहुन्छ । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us