काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ सरकारले संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने स्वीकृति दिएको हो ।
सरकारी स्रोतका अनुसार विधेयकलाई लिएर विभिन्न तहबाट उठेका आलोचना र चासोलाई मध्यनजर गर्दै सरकारले यसलाई अगाडि नबढाउने निष्कर्षमा पुगेको हो । अब औपचारिक प्रक्रिया पूरा भएपछि विधेयक संसद्बाट फिर्ता हुनेछ ।
उही मन्त्रिपरिषद् बैठकले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । निर्माणाधीन संघीय संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णय गरिएको छ ।
