काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह बाहक उम्मेदवारहरूलाई आगामी निर्वाचनमा विजय गराउने उद्देश्यले पूर्व राजदूत विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा १५५०१ सदस्यीय बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ। समितिको सहसंयोजकमा प्रेमलकुमार खनाल र सचिवमा कृष्ण केसी रहेका छन्।
मूल समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघ, इन्जिनियरिङ एसोसिएशन, कानुन व्यवसायी संगठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू समावेश रहेका छन्।
समितिको कामलाई व्यवस्थित बनाउन ५५ सदस्यीय सचिवालय गठन गरिएको छ। सचिवालयको संयोजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयोजकमा प्रेमलकुमार खनाल, सचिवमा कृष्ण केसी तथा आर्थिक परिचालन संयोजकमा लक्ष्मी प्रसाद पण्डित रहेका छन्।
सचिवालयका सदस्यहरूमा प्रा. डा. गोविन्द सुवेदी, समर नेपाल, सि. ढकाल, प्रा. डा. शिव शरण महर्जन, डा. विसि शर्मा, डा. टिपि शर्मा, नीलकण्ठ तिवारी, कृष्णप्रसाद भण्डारी, एस गुरुङ, एन पोख्रेल, रामकुमार वान्तवा, एस आर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषोत्तम लामिछाने, कृष्णमान श्रेष्ठ, प्रभा बज्राचार्य, सुशील ढुङ्गाना, एन खत्री, प्रदीप राई, शरणकुमार गुरुङ, सरिना गुरुङ, अर्जुन श्रेष्ठ, ओमनारायण श्रेष्ठ, मणिरत्न श्रेष्ठ, डिएन रावल, एमभी भट्ट, एलए चौलागाईं, सिआर कार्की, एलआर लुंगेली, दिपेन्द्र खडका, केआर जोशी, शंकर अधिकारी, रमेश रुपाखेती, पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत, मंगल महर्जन, उमेश गौतम, आरवि गुरुङ, रमेश प्रसाद मैनाली, गोपाल श्रेष्ठ, दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी, गोपाल सिंह, डा. विष्णु हरि पण्डित र अन्जु शाह रहेका छन्।
मूल समितिले देशभरका बुद्धिजीवी एवं पेशाकर्मीहरूलाई अपिल जारी गर्दै गणतन्त्र, समावेशी लोकतन्त्र तथा शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, स्वच्छ खानेपानी, खाद्यान्न, सामाजिक सुरक्षा र रोजगारीजस्ता मौलिक हक संवैधानिक रूपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीले खेलेको भूमिकालाई स्मरण गरेको छ। उत्पादन र रोजगारी वृद्धि गर्न समाजवादी रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै नवउदारवादी अर्थनीतिले गरिबी, बेरोजगारी, आय असमानता र आर्थिक शोषण बढाएको आरोप लगाइएको छ।
पार्टीको प्रतिबद्धता पत्रमार्फत राष्ट्रियता, स्वाधीनता र लोकतन्त्र सुदृढ गर्दै उत्पादन र रोजगारी वृद्धि गरी समाजवादको आधार निर्माण गर्ने संकल्प व्यक्त गरिएको छ। १६४ वटै निर्वाचन क्षेत्रमा तारा चिन्ह बाहक उम्मेदवारहरूलाई विजय गराउन देशभरका शिक्षक, प्राध्यापक, स्वास्थ्यकर्मी, श्रमिक, कर्मचारी, कानुन व्यवसायी र पत्रकारलगायत बुद्धिजीवी एवं पेशाकर्मीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गरिएको छ।
यसैबीच, फागुन ९ गते शनिबार दिउँसो १:३० बजे राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्गमा प्रतिबद्धता पत्रमाथि विवेचना कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथि रहनेछन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा. दीपेन्द्र बहादुर क्षेत्री, प्रा. डा. खगेन्द्र प्रसाईं र डा. मीना पौडेल लगायतका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
