दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई गैरकानुनी थुनाबाट मुक्त गर्न

बन्दीप्रत्यक्षीकरणको आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा उक्त आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

अदालतको आदेशसँगै प्रसाईंको थुनासम्बन्धी कानुनी अवस्था स्पष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *