चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड रुपैयाँ भुक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले विगत ६ महिनादेखि बिक्री गरेको दूधको भुक्तानी पाउन सकेका छैनन्। किसानहरूले जम्मा ५५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार, विगत कात्तिकदेखि दुग्ध विकास संस्थान र ठूला दूध उद्योगहरूले भुक्तानी नगर्दा किसान आर्थिक समस्या भोग्न बाध्य भएका छन्। “संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भुक्तानी बाँकी छ,” अध्यक्ष वगालेले जानकारी दिए।

साना उद्योगहरूले नियमित भुक्तानी गरिरहेका भए पनि ठूला उद्योगको भुक्तानी अझै बाँकी रहेको छ। जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ, जसमध्ये आधाभन्दा बढी दूध बाहिरका बजारमा बिक्री गर्न पठाइन्छ।

जिल्लाका ११५ दुग्ध उत्पादक सहकारीहरूले दैनिक दूध सङ्कलन गरी ठूला उद्योगमा बिक्री वितरण गर्ने गरेको भए पनि भुक्तानी ढिला हुँदा किसानलाई कठिनाइ भइरहेको छ। हाल जिल्लामा करिब ४० हजार किसानले दुग्ध उत्पादनमा संलग्न छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *