‘द भ्वाइस अफ नेपाल’को डिजिटल अडिसन जेठ १ गतेसम्म

काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको डिजिटल अडिसन जेठ १ गतेसम्म दिन पाइने भएको छ। केही महिनाअघि सुरु भएको कार्यक्रममा आवेदन दिने डिजिटल अडिसन जेठ १ गतेसम्म बढाइएको हो।

कार्यक्रममा गुगल प्ले स्टोर र एप स्टोरमा रहेको ‘द भ्वाइस अफ नेपाल’को एपबाट भाग लिन सकिनेछ। उक्त एप डाउनलोड गरेर कार्यक्रमको निर्माण पक्षसमक्ष भिडियोमार्फत आवेदन दिन सकिनेछ। डिजिटल रुपमा प्राप्त भिडियोबाट छानेर ब्लाइण्ड अडिसन हुने निर्माण पक्षले बताएको छ। कार्यक्रमको निर्माण पक्षका अनुसार दुई महिनाअघि सुरु भएको अडिसनमा अहिले प्रतियोगीले उत्साहजनक उपस्थिति देखाएका छन्।

डिजिटल अडिसनमा भाग लिएका भिडियोमार्फत डेढ सय जनालाई ब्लाइण्ड अडिसनमा छनोट गर्ने बताइएको छ। प्रतियोगितामा १२ जनाको समूह हुनेछ। यसपटक भ्वाइस अफ नेपालमा चारै जना कोचहरु परिवर्तन हुँदैछन्।

हिमालयन टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको तीन वटा सिजन यसअघि सफलतापूर्वक भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us