काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक आईजीपी नियुक्ति प्रकरणमा एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
एआईजी पोखरेलको रिटप्रति सुनुवाई गर्दै न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ । अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।
सरकारले केही दिनअघि धिरजप्रताप सिंहलाई आईजीपी नियुक्ति गरेको थियो । एआईजी पोखरेलले सरकारले वरिष्ठता मिचेर आईजीपीमा सिंह नियुक्ति गरी आफूमाथि अन्याय गरेको भनी रिटमा सर्वोच्चमा रिट दायर गर्नु भएको हो ।