काठमाडौं। बिहीबार पाँचदलिय गठबन्धनले चितवनमा आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालले प्रतिपक्षी दलको आँखामा आँखा जुधाउन सक्ने गरी पहिलो कार्यकालमा काम गरेको दाबी गर्नु भएको छ।
‘पाँच वर्षमा भरतपुर महानगरवासी जनताको साझा जनप्रतिनिधिका रुपमा काम गर्ने कोशिस गरेको छु। टाउको झुकाउनु नपर्ने गरी प्रतिपक्षीको आँखामा आँखा जुधाउन सक्ने गरी काम भएको छ,’वहाँले भन्नुभयो,‘भरतपुर महानगरपालिकामा कास्टिङ देखाइसकेका छौं। महानगरमा राष्ट्रिय गौरवका आयोजनालाई पूर्ण गरेर अब फिल्म देखाउने छौं।’
वहाँले आफ्नो पहिलो कार्यकालमा सडक निर्माण, खानेपानी, विद्युत्, स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो फड्को मारेको बताउनु भयो। गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा पुनः दोस्रो कार्यकालका लागि महानगर प्रमुखमा उम्मेदवार बन्दै गर्दा भरतपुरको विकासमा नयाँ मुहार फेर्ने वहाँले बताउनु भयो।