ओली ‘वयलगाडा दर्शन’ का प्रवर्तक: अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली ‘वयलगाडा दर्शन’ का प्रवर्तक रहेको बताउनु भएको छ । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै नेपालले केपी ओलीले भ्रम र गफको खेती गर्ने नेता रहेको बताउनु भएको हो।

‘केपी ओलीज्यूको बखान गर्न जरुरी छैन, हजार जीव्रा भएका शेष नागको व्याख्या गर्न सकिदैन, उनी त वयलगाडा दर्शनका प्रवर्तक हुन्, बयलगाडा चढेर वासिङटन जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै कुरा हो भनेर निराशा छर्ने व्यक्ति हुन् ओली। गणतन्त्र विरोधी व्यक्ति, आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्, त्यसकारण केपी ओली बयलगाडाका दार्शनिक हुन्’ वहाँले भन्नुभयो।

नेता नेपालले ओलीलाई महागफाडीको संज्ञा दिनुभयो। वहाँले भन्नुभयो , ‘उनी महागफाडी हुन्, गफमा केपी ओलीले विद्यावारिधि गरेका छन्, भ्रमको खेती गर्न सक्छन्, मान्छेलाई भुलाउन सक्छन्, होस गर्नुहोला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us