कस्तो रहला आज देशभरको मौसम ?

काठमाडाैं । शुक्रवार देशका पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

देशको पहाडी भूभागका केही स्थानहरूमा र बाकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ।

त्यस्तै, शुक्रवार राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहने छ।

प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायुकाे प्रभाव रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us