धारिलो हतियार प्रहार गरी छोराद्धारा वृद्ध आमाबुबाको हत्या

काठमाडौं। छोराले वृद्ध आमा र बुबाको हत्या गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा २५ वर्षीय छोरा आइतराज लिम्बूले ७० वर्षे बुबा बृखबहादुर र ७२ वर्षे आमा फिपरानी लिम्बूको हत्या गरेका हुन् ।

आइतराजले गएराति धारिलो हतियार प्रहार गरी आफ्नै घरभित्र आमाबुबाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार प्रहरीले आइतराजलाई नियन्त्रणमा लिइसकेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङ लैजाने तयारी गरिएको पनि प्रहरीले बताएको छ । मादक पदार्थ सेवनपछि छोराले बाबु र आमाको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us