घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार?

काठमाडौं। आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ६०० सय रुपैयांले घटेको छ । हिजो विहीबार प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।

हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो। हिजो शुक्रबार प्रतितोला १४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो विहीबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us