फेरि पनि माधव नेपाल निर्णायक !

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल फेरि निर्णायक शक्तिका रुपमा देखिएका छन् । स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एसले खेल्ने भूमिकाले देशभरको चुनावी परिणाममा ठूलै उथलपुथल ल्याउने अवस्था बनेको छ ।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न माधव नेपाल नै निर्णायक बनेका थिए । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने देखि प्रदेशहरुमा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकार बनाउन पनि उनकैको भूमिका निर्णायक थियो । त्यसपछि भएका राष्ट्रियसभाको चुनावमा पनि माधव नेपाल नै निर्णायक बने । यसपटक स्थानीय चुनावमा पनि माधव नेपाल नेतृत्वको नेकपा एस देशका प्रायः पालिकाहरुमा निर्णायक देखिएका छन् ।
महानगरपालिका र उपमहानगरपालिकाको प्रतिष्पर्धामा एकातर्फ गठबन्धनको दल विशेषले प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरेका छन् । अर्कातर्फ एमाले प्रतिष्पर्धी देखिएको छ । एमाले फुटेर नेकपा एस बनेको छ । एसको मत जता जान्छ उसकै पल्लाभारी हुने धेरै पालिकाहरु छन् ।
एसको कार्यकर्ताको सक्रियता र मत नै चुनावमा जित या हारको निर्णायक बन्न सक्छ । त्यसैले माधव नेपाल उचित समयको पर्खाइमा देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us