काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनुभएको सिता थापाको जन्म २०४५ साउन २१ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० (साविक साँगाचोक गाविस वडा नं.७) मा भएको हो । बुबा स्व. चेतबहादुर थापा र आमा देवमाया थापाको कोखबाट साइली छोरीको रुपमा जन्म लिनुभएको थापा सानै उमेरदेखि सामाजिक अभियानका साथ राजनीतिक आन्दोलनमा सामेल भएर समाज परिवर्तन गर्नको लागि अडिग भएर अगाडी बढनुभयो ।
विद्यालय जीवन कालबाट निकै नै मेहनती र जेहेन्दार विद्यार्थी, अन्य गतिविधि र अतिरिक्त क्रियाकलापमा सधै अब्बल जिल्ला स्तरीय कार्यक्रममा उत्कृष्टता हासिल गरि पुरस्कृत हुने उहाँको राजनैतिक यात्रा अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आवद्धता संगै शुरु भएको हो । साँगाचोकमा रहेको जनजागृती माध्यामिक बिद्यालयबाट विद्यालय स्तरको अध्ययन पूरा गर्नु भएको हो १ स्कुल जिवनमा सवै जसो अतिरिक्त कृयाकलाप अब्बल उहाँ जेहेन्दार विद्यार्थी को रुपमा जिल्ला भरी नै चर्चित हुनुहुन्थ्यो १ थप अध्ययनको लागि काठमाडौँ छिर्नुभएको उहाँ अनेरास्ववियु पशुपति क्याम्पस महिला विभाग सचिव र महिला बिभाग प्रमुख २०६५ सालमा भएको स्ववियु निर्वाचनमा निर्वाचित हुनुभयो । यतिमात्रै हैन उनको दक्षता र क्षमतताको कदर गर्दै क्याम्पसले पशुपति प्रतिभा सम्मान बाट पुरस्कृत समेत गरेको थियो ।
२०६७ सालमा अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य, २०७० सालमा सचिवालय सदस्य एव पुर्बी बाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी पूरा गरी हुँदै बिध्यार्थी राजनितिबाट बिदा हुनुभएको हो १ थापा नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मंचमा जोडिनुभयो । २०६४ सालमा आयोजक कमिटी सदस्य, २०६५ सालमा सदस्य र २०६७ सालमा नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मंच सचिवालय सचिवालय सदस्यको जिम्मेवारी समेत सफलतापुर्वक पुरा गर्नुभयो ।
नेकपा एमाले, जिल्ला निर्वाचन आयोग सचिबको जिम्मेवारी हुँदै पार्टी र संगठनमा पाएको जिम्मेवारी पुर्ण रुपमा पालना गर्न अग्रसर भएर लाग्ने स्वभाव कि उहाँ २०७४ सालमा जिल्ला कमिटि सदस्यको जिम्मेवारी सम्हालनुभएको थियो । २०७५ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकता पश्चात समेत जिल्ला कमिटीको जिम्मेवारी पाँउनुभएको उहाँले पार्टीको संगठन विस्तारसँगसँगै सामाजिक गतिबिधिमा पनि उत्तिकै अग्रसर भएर लाग्नुभयो ।
नेकपा एमालेको ११ औँ अधिवेशनमा माहाधिवेशन प्रतिनिधि समेत रहनुभएको उहाँ हाल नेकपा एमाले भित्र देखिएको व्यक्तिवादी सोच, गलत प्रवित्ति र भत्किदै गरेको जनवाद र फैलिदै गरेको केन्दृयताको बिरोधि हुनुहुन्छ १ नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजवादीको यात्रामा लाग्नुभएको उहाँ हाल नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटि सदस्यको भुमिकामा रहनुभएको छ ।
राजनिति सगै आफ्नो अध्ययनलाई समेत निरन्तरता दिनुभएको उहाँले समाजसास्त्रमा स्नातोकत्तर पुरा गरी कानुन बिषयमा स्नातकको अध्ययनको सिलसिलामा नै रहनुभएको छ । अध्ययनशिल थापाले आाफ्नौ व्यक्तिगत विकास सँगसँगै आफ्नो नगरपालिकाको समग्र विकासको लागि चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा समितिको सदस्यको भुमिकामा रहेर नगरपालिकाको समग्र शैक्षिक उन्नयको लागि अनवरत रुपमा समेत लाग्नुभयो ।
सक्रिय राजनितिमा लाग्नुभएको थापा बिभिन्न कार्यक्रममा सहभागी जनाउन पाकिस्तान,ब्राजिल र बंगलादेशको वैदेशिक भ्रमण समेत गर्नुभएको छ । २०७५ सालमा यसियालीमा कम्युनिस्ट पार्टीका भातृसङ्गठको अवस्था र भुमिका बिषयकमा अनुभव आदानप्रदान कार्यक्रममा बङ्गलादेश जानुभएको उहाँ सोही बर्ष पाकिस्तानमा आयोजना भएको यसियाली देशहरुमा खानेपानीको सरसफाइ र स्वच्छता सम्मेलनमा प्रतिनिधि भएर जानुभएको थियो ।
राजनितीसँगै समाजसेवामा लाग्ने अठोट साथ अगाडी लम्कनुभएको थापाले ३९ देशका सहभागीता रहेको अन्तर्राष्ट्रिय कम्युनिस्ट राजनीतिको २ महिने कोर्ष पुरा गर्न ब्राजिल जाने अबसर समेत पाउनुभएको थियो ।
सुन्दर र समृद्ध नगरपालिका बनाउने अठोटका साथ २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवार बन्नुुभएको थापा नेकपा माओवादी केन्द्रका उम्मेदवार जानुका पराजुलीसँग झिनो मतान्तरले पराजित भएसँगै सो सपना पुरा गर्न पाउनुभएन् ।
उपप्रमुखमा पराजित भएपनि बिचलित नभइ ५ बर्ष सम्म नगरपालिका र नगरबासीको दुखमा मलम लगाएर हिडनुभएको उहाँले नगरबासीमाझ आफ्नो स्वच्छ छबि बनाउनुभएको छ ।
यसपटक पनि नेकपा माओवाली केन्द्र र नेकपा (एकिकृत समाजवादी) को गठबन्धनमा (एकिकृत समाजवादी)को तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको नगर उपप्रमुख पदमा उम्मेद्वारी दिनुभएको छ । नगरपालिकामा रहेको अवस्थित स्रोत साधनलाई व्यवस्थित रुपमा परिचालन गर्दै नगरपालिका र नगरबासीलाई समृद्धीको पथमा लम्काउनको लागि यसपटक सिता थापालाई उपप्रमुखमा बिजयी गराउनु आम नगरबासीको दायित्व रहने छ ।