जनताका लागि विशेष योजना सहित गाउँगाउँ पुगेर भोट माग्दै युवा नेतृ अनिता

काठमाडौं । नेकपा एकीकृत समाजबादीबाट सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका उपाध्यक्ष पदका लागि अनिता योन्जन लामाले उम्मेदवारी दिएकी छिन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति शुरुवात गरेकी लामा विद्यार्थी आन्दोलनको अग्र मोर्चामा हुन्थिन् ।

त्यसअघि कतिपय मोर्चा, महिला आन्दोलनमा पनि बाक्लै देखिन्थिन् । एमाले पार्टी बिभाजन पछि भने बिद्रोहबाट जन्मेको नयाँ पार्टी एकीकृत समाजबादीमा सशक्त ढंगले लागेको देखिन्छन् । एकीकृत समाजबादीको केन्द्रिय पार्टी नेतृत्वसँग अत्यन्तै राम्रो प्रभाब भएकी लामा गाउँपालीकाको मुहार फेर्न आफू उपाध्यक्षको उम्मेदवार भएको बताउँछिन् ।

सानै उमेरमा पनि लोभलाग्दो राजनीतिक कर्ममा जुटेकी लामालाई नेकपा एकीकृत समाजबादीले गाउँपालीका उपाध्यक्ष पदका लागी टिकट दिएको हो । युवा नेतृ लामाले निःशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी,सिंचाई ,रोजगारी,सडक कालोपत्रे र रिङरोड बनाउने,आधुनिक कृषि प्रणाली र बैज्ञानिक शिक्षा ,गर्भबती,सुत्केरी ,नबजात शिशु र बालबालिकाको निम्ति पोषण अभियान मुख्य एजेन्डाका रुपमा उठाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us