चुनावमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए सरकारले २० लाख क्षतिपूर्ति दिने

काठमाडौं। चुनावी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सरकारले २० लाख क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले मतदानलाई शान्तिपूर्ण बनाउन खटिने सुरक्षाकर्मीहरुको मनोबल उच्च राख्दै उनीहरुलाई सरकारले पूर्ण सहयोग गर्ने निर्णय पनि गरेको छ।

सरकारले निर्वाचनको पाँच दिन रहँदा सबै क्षेत्रमा सुरक्षाको व्यवस्था मिलाइसकेको छ। निर्वाचनका लागि सरकारले नेपाल प्रहरी ,शशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनालाई समेत परिचालन गर्न नीति बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us