मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाउने

काठमाडौं। स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ। निर्वाचन आयोगले सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले सही गर्न आग्रह गरेको छ ।

आयोगका अनुसार मतपत्रमा कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिनेछ।

आयोगले सिसाकलम बाहेक अन्य कलमबाट मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us