दैलेख भैरवी गाउँपालिकाका मतदाताले उम्मेदवारलाई गराए तमसुक

काठमाडौं। घोषणापत्रमा एउटा र जितेपछि काम अर्कै भएपछि दैलेख भैरवी गाउँपालिकाका मतदाताले यसपटक भने उम्मेदवारलाई तमसुक नै गराएका छन् । विजयी बनेपछि बाचा पूरा नगरे राजीनामा गर्छु भन्ने तमसुकमा उम्मेदवारहरुले औँठाछाप नै लगाएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी रहेपछि दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई अहिले जनताका घरदैलोमा पुगेर मत माग्न भ्याइनभ्याइ छ ।

मतदाताहरुको घरघर पुगेर उम्मेदवारहरुले आआफ्ना प्रतिवद्दता व्यक्त गरिरहेका छन् । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै भए पनि मतदाताले भने विश्वास गर्न छोडेका छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई सबै दलले प्राथमिकतामा राख्ने आश्वासन दिए पनि मतदाताले पत्याउन सकेका छैनन् ।

चुनावमा जितेर गाउँका सिंहदरबारमा एकपटक पुगिसकेका जनप्रतिनिधि चुनावका बेला दिएका आश्वासन र प्रतिवद्दता पूरा नगरिदिएपछि मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us