एमालेबाहेक अरुमा राष्ट्रियता छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले नभएको बताउनुभएको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले देशको विकास र समृद्धिका लागि एमाले मात्र राष्ट्रियता बोकेको पार्टी भएको दाबी गर्नुभएको हो । उहाँले विकासको नीति एमालेसँग मात्र भएको जिकिर गर्दै एमालेको सरकार नआएसम्म देशको विकास नहुने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा ‌आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको आरोप लगाउनुभयो ।

उहाँले नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us