काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भका कारण केपी ओलीको विनाश भएको भन्दै दम्भ नदेखाउन कांग्रेसलाई सुझाव दिनुभएको छ । महानगरमध्ये ५० प्रतिशत क्षेत्र कांग्रेसलाई दिएको भन्दै अन्य दललाई पनि इमान्दारितापूर्वक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
पोखरामा आयोजित चुनावी सभालाई आइतवार सम्बोधन गर्दै नेता नेपालले केपी ओलीको दक्षिणपन्थी गठबन्धनविरुद्ध आफूहरूले संविधान जोगाउन गठबन्धन बनाएको बताउनुभएको हो ।
‘दम्भले केपीको विनाश गर्यो, तपाईंंको पनि त्यो हालत नहोस् । अन्य दललाई अपमान गर्ने काम नहोस्,’ नेपालले भने । नेपालको राजनीतिमा ५० वर्ष बिताएको भन्दै उनले आफ्नो पार्टीलाई कम नआँक्न आग्रह गर्नुभयो ।