गठबन्धन कांग्रेसलाई सबैभन्दा बढी आवश्यक छ: प्रधानमन्त्री देउवा

पोखरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन कांग्रेसलाई सबैभन्दा बढी आवश्यक रहेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनको चुनावी सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उहाँले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताएउनुभएको हो । उहाँले कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक भएकोले गठबन्धनलाई जोगाउन पनि सबै उम्मेदवारलाई जिताउन आह्वान गर्नुभएको छ । गठबन्धन राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको भन्दै उहाँले गठबन्धनलाई कुनै किसिमको शंका, उपशंका गर्ने काम नगर्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले संसद्‍मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद्‍ भंग गरेको पनि बताउनुभयो । उहाँले केपी ओली शर्मा ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताउनुभएको छ ।

‘ओलीको पार्टी र उहाँ स्वयं प्रजातन्त्रको पक्षमा हुनुहुन्न । प्रजातन्त्रको खिलाफको व्यक्ति हो उहाँ । उहाँको अर्कै षड्यन्त्र छ । गणतन्त्रको खिलाफमा, प्रजातन्त्र, संघीयताको खिलाफको व्यक्ति हो उहाँ,’ , ‘ओलीले जितेपछि के गर्छन् के गर्छन् । भोलि संसद्‍ भंग गर्दिने, पर्सि संसद्‍ चल्न नदिने । एमालेजस्तो अविश्वसनीय पार्टी अन्त कहीँ छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us