एमालेका मेयरको उम्मेद्वारको गाडीमा आगजनी

दैलेख । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । 

बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा सोमवार बिहान ३ः१५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी दिनुभएको हो । बडुवालले कुनै एक अज्ञात समूहले गाडीमा आगजनी गरेको हुनसक्ने बताउनुभयो । 

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए । त्यस कारण गाडीमा खासै क्षति भने हुन नपाएको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे  इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *