काठमाडौं। स्थानीय तह निर्वाचनमा झैझगडा र अनावश्यक विवाद हुने भएकाले काठमाडौंमा भोलिदेखि मतदान नसकिँदासम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशान कार्यालययले आइतबार विज्ञप्ति जारी गर्दै मंगलबार देखि मधिरा बिक्री वितरणमा रोक लगाएको हो ।
वैशाख ३० गते स्थानीय तह निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न र नगराउन जारी विज्ञप्तिमा भनिएको छ । प्रशासनले एक विज्ञप्ति जारी गर्दै वैशाख २७ गते मध्यरातदेखि वैशाख ३० गते मतदान कार्य सम्पन्न नहुँदासम्म मदिरा बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।