आज गठबन्धनको धनगढीमा संयुक्त चुनावी सभा

काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले आज धनगढीमा संयुक्त चुनावी सभा गर्दैछन् ।

गठबन्धनको चुनावी सभालाई प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्बोधनका लागि देउवा र दाहाल धनगढी पुगिसक्नुभएको छ ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिनुभएको थियो । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बस्नुभएको थियो । माओवादी अध्यक्ष दाहाल पनि आइतवार राति अबेर धनगढी पुग्नुभएको हो । यस्तै अध्यक्ष दाहालले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नुुहनेछ । उहाँ कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । आमसभापछि देउवा आजै गृहजिल्ला डडेल्धुरा जानुहुने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेको थियो ।

धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहनुभएको छ । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि चुनावी मैदानमा हुनुहुन्छ । धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको चुनावी क्षेत्र पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us