१२ अंकले बढ्यो नेप्से

काठमाडौ। आइतबार १७.९ अंकले बढेको बजार सोमबार १२ अंक बढेको छ । यस दिन कुल १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । बैंकिङ १४, ब्यापार ३५, जलविद्युत् १२, फाइनान्स १, निर्जीवन बीमा ५७, उत्पादन २७, अन्य ५, माइक्रोफाइनान्स ६० अंकले बढे । होटल तथा पर्यटन २५, विकास बैंक २० र जीवन बीमा उपसमूह ८२ अंकले घटेका छन् ।

११४ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो भने ८ को स्थिर रह्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । माहुली लघुवित्तको मूल्य ७.७ प्रतिशतले बढ्यो । हिमालय ऊर्जा विकासको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र नबिल बैंक क्रमशस् अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us