ट्रक र स्कुटर ठोक्किँदा ६० वर्षीया महिलाको मृत्यु

काठमाडौं। काठमाडौंको सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् भने स्कुटर पछाडि बसेकी काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आज बिहान ८ बजे ठोक्किएका थिए । दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us