काठमाडौं। महालक्ष्मी नगरपालिकामा नेकपा एकिकृत समाजवादिका उम्मेदवार नकुल थापाको पक्षमा रोचक तरिकाले माहोल तातेको छ । वडा नं ७ का निवर्तमान वडाध्यक्ष समेत रहनु भएका थापाले आफ्नो वडामा मात्र नभई बाहिर समेत विकासनिर्माणमा विगतमा सक्रिय उपस्थिति देखाएको रेकर्डका कारण पनि माहोल तातेको हो ।
थापा सामाजिक कार्यमा जहाँ बोलाउँदा पनि पुग्ने र सकेको सहयोग गर्ने स्वभावका रहेको बुझिएको छ । कुनैपनि सामाजिक कार्यक्रम आयोजना गर्दा थापाले तन, मन र धनले सहयोग गर्ने गरेकाले पाँच वर्षबीच महालक्ष्मी नगरपालिकामा भएका समुदायले गरेका निर्माणका शिलालेखहरुमा वहाँको नाम देख्न सकिन्छ । सामाजिक क्षेत्रमा हरेक ठाउँमा बोलाएको ठाउँमा पुग्ने स्वभावका कारण पनि नकुल लोकप्रीय बन्नुभयो । वहाँ मर्दापर्दा पुगिहाल्ने समाजसेवीको परिचय बनाउन पनि सफल हुनुभएको छ।
महालक्ष्मीमा गठबन्धनबाट नेकपा एसको कलम चिन्हबाट नकुल थापा र माओवादी केन्द्रबाट शिव कट्टेल उम्मेदवार हुनुहुन्छ । तर, नकुल महालक्ष्मीमै जन्मे हुर्केको र हरेक वडामा साथीभाई, इष्टमित्र रहनुको अलावा अति सहयोगी हुनुले पनि माहोल पक्षमा पार्न सफल हुनुभएको हो। स्वतःस्फूर्त रुपमा नकुलको पक्षमा महोल तातेको छ । वहाँले आफू महालक्ष्मीको सेवाका लागि सधै समर्पित भएको र भविष्यमा पनि भइरहने बताउनु भयो । वहाँले भन्नुभयो,‘महालक्ष्मीको सेवामा समर्पित हुन पाइराखुँ, यसमा कहिले पछि हट्दिनँ र पर्दिनँ ।’