भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव अन्तिम संस्कारका लागि गृहजिल्ला लगिने

काठमाडौं। मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव उनको गृहजिल्ला बाँके लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बाँके लैजान लागिएको हो ।

उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बाँकेतर्फ पठाउन लागिएको नेपाल भारोत्तोलन संघले जनाएको छ । मंगलबार राखेपमा चौधरीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रतिनिधिसभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएका थिए ।

यस्तै राखेपका विभागीय प्रमुख, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारी, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us