काठमाडौं। कोका–कोला कम्पनीले आफ्नो १३६औँ वार्षिकोत्सव मनाएको छ । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट कोका–कोला सुरु भएको थियो। एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले कोकाकोलाको आविष्कार गरेका थिए ।
करोडौँ मानिसहरूको प्रिय पेयपदार्थ बनेको कोकाकोलाले आफ्ना उपभोक्ताहरूलाई खोजे जस्तै स्वाद दिँदै आएको छ । विश्वव्यापीरूपमा उत्पादन थालेको कम्पनीले हाल कोका–कोला, कोका–कोला जिरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायत पेय पदार्थहरू विभिन्न स्वाद र प्याकमा बजारमा उपलब्ध गराएको छ ।