गुजरात टाइटन्स आईपीएल टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश

काठमाडौं । लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै  गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

मंगलबार राति  गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।  गुजरातका राशिद खानले ४ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो ।  गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए । यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे ।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ  । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा  छ ।   आईपीएलमा नयाँ टोलीको रुपमा भित्रीएका गुजरात र लखनउको पहिलो वर्षनै उच्च लयमा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us