मतदाता नामावलीमा नाम भएकाले अन्य सक्कल प्रमाण देखाएर पनि मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले भोलि वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ । मतदानका लागि मतदाता नामावलीमा नाम भने हुनु अनिवार्य छ ।

आयोगले बुधबार गरेको निर्णयानुसार मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण देखाएर पनि मतदान गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us