जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु

काठमाडौं । जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भेरी नगरपालिका -१ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको मंगलबार बिहान छतबाट खसेर मृत्यु भएको हो।

भेरी नगरपालिका -३ ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक पोल्टी फममा काम गर्थे। पोल्टी फम सञ्चालकको घरको चौथो तलाबाट बिहान ५ बजेतिर खसेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us