रुपन्देही । शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीका ६२ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये १ सय २८वटा मतदान स्थलहरु भने संवेदनशील सूचीमा राखिएको छ । रुपन्देहीसँग सीमा जोडिएको नेपाल/भारत सीमा क्षेत्रमा पर्ने मतदान स्थलहरु संवेदनशील सूचीमा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले दिएको जानकारी अनुसार ७८ वटा मतदानस्थलहरु भने सामान्य सूचीमा रहेको वताए । वहाँका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र जिल्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीमा ४ हजार ४ जना सुरक्षाकर्मी परिचालन गरिएको बताईएको छ । म्यादी प्रहरी २ हजार ४ सय, नेपाल प्रहरी १ हजार ४ सय र सशस्त्र प्रहरी ६ सय जना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।