जीप दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं। आज बेलुका करिब ६ बजेतिर डोटीको शिखर नगरपालिका -४ गरूडीमा ना१ज ३१५२ को जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जीप सडकबाट १५ मिटर तल खसेको छ। जीपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताइएको छ। जीपमा करिब ३० जना यात्रु रहेका जनाइएको छ। यात्रु जीपको छतमा समेत कसेका बसेका थिए। घाइतेहरूको संख्या अझै एकीन हुन नसकेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी हस्पतालमा लगिएको बताइएको छ। अधिकांश यात्रुहरू शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न जिल्ला बाहिरबाट आएका थिए। घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका-५ तिजालीका रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *