अपेक्षाकृत मतदान भएन: निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले धेरै मतदाता भएको ठाउँमा कम मतदान भएको र कम मतदाता भएको ठाउँमा धेरै मतदानको ट्रेण्ड देखिएको भन्दै अपेक्षाकृत मतदान नभएको जनाएको छ।

पालिकाहरुमा सबैभन्दा धेरै ७४/७५ प्रतिशतसम्म मतदान खसेको र न्यूनतममा ५० प्रतिशत हाराहारीमा मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो। जहाँ मतदान बढी हुन्छ भन्ने अनुमान त्यहाँ कम भयो। ६५ देखि ७२ प्रतिशत अपेक्षा हो। त्यो अनुसार हुन सकेन,’ वहाँले भन्नुभयो। आयोगको प्रारम्भिक अनुमान अनुसार ६२ प्रतिशत जति मत खसेको र विस्तृत वितरण शनिबार आउने थपलियाको भनाइ छ।

एकैचरणमा निर्वाचन गर्न परेको कारण चाहेजस्तो सुरक्षा प्रबन्ध हुन नसकेको आयोगको प्रारम्भिक अनुमान रहेको वहाँको भनाई छ।। ‘आयोग र दलहरुबीच सुझबुझ सम्बन्ध स्थापित गर्न नसक्दा र सानातिना विषयमा मतविभन्नता हुँदा सुरक्षामा आयोग संशकित र चिन्तित छौं,’ थपलियाले भन्नुभयो। आगामी दिनमा शान्तिपूर्ण बन्ने वातावरण बन्नुपर्नेमा उनले जोड दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *