दुबई–संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेखको निधन

एजेन्सी  । दुबई–संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उहाँको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।

‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ ।

नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ । सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us