देशका सबै महानगरपालिकामा विहानबाट मतगणना सुरु

काठमाडौं । देशका सबै महानगरपालिकामा आज शनिवार विहानबाट मतगणना सुरु हुँदैछ ।  काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि सुरु भएको छ । 

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन । प्रतिनिधिको संख्या मिलेपछि विहान ८ बजेबाट सुरु भएको छ । 

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ ।  विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु भएको छ । पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *