मनाङको चामे गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा एमालेका कैले गुरुङ विजयी

काठमाडौं । मनाङको चामे गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी हुनुभएको छ ।  नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराउदै गुरुङ विजयी हुनुभएको हो ।  

निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०–३० मत प्राप्त गर्नुभएको थियो । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । 

गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी हुनुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *