मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित हुनुभएको छ । गाउँपालिकाका अध्यक्षमा निर्वाचित उहाँले १ सय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत पाउनुभएको थियो ।
कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध हुनुभएको थियो । पछि कांग्रेस प्रवेश गर्नुभएका उहाँले कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो ।
उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध हुनुभएको मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताउनुभयो ।