मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट विजयी

काठमाडौं । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी हुनुभएको छ । 

प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरूङलाई पराजित गर्नुभएका विष्टले ६८९ मत ल्याउनुभएको छ । प्रतिस्पर्धी एकीकृत समाजवादीका गुरूङले भने १८५ मत मात्र पाउनुभएको छ । 

यस्तै उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरूङ विजयी हुनुभएको छ । उहाँले ६४१ मत प्राप्त गर्नुभएको छ । गुरूङसँग पराजित नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले भने २२५ मत ल्याउनुभयो । 

विष्ट २०७४ सालको चुनावमा स्वतन्त्र उम्मेद्वारका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँ पछि मात्र नेकपा एमाले प्रवेश गर्नुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us